आमिर खानको ‘दंगल’ लाई उछिन्दै तहल्का मच्चायो ‘टाइगर जिन्दा हे’ ले


काठमाडौं– बलिउड फिल्म ‘टाइगर जिन्दा हे’ ले बक्स अफिसमा तहल्का मच्चाएको छ। फिल्म रिलिज भएको तेस्रो दिनसम्म उसले आशा गरिएको भन्दा उत्कृष्ट प्रदर्शन गरेको छ।

 

 

बक्स अफिस इन्डियाको रिपोर्ट अनुसार फिल्मले आइतबार साढे ४४ करोड रुपैयाँ संकmन गरेको छ।

 

कमाईको मामलामा सलमान खानले आमिर खानको फिल ‘दंगल’ लाई पनि पछाडि छोडेको छ । ‘दंगल’ ले तेस्रो दिन ४१ करोड मात्रै कमाएको थियो।

 

 

तेस्रो दिनको कमाईसँगै ‘टाइगर जिन्दा हे’ ११० करोडको व्यापार गरेको छ आइतबारको सहित कमाई जोड्दा चलचित्रले ११४ करोड कमाएको छ।

 

चलचित्रले शुक्रबार ३४ करोड र शनिबार ३५ करोड कमाएको थियो। ३ दिनमा ११० करोड कमाएको यो चलचित्रले हप्ताभरमा २०० करोडभन्दा बढी व्यापार गर्ने आशा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement