बाघको छालासहित राजधानीबाट एक जना पक्राउ


काठमाडौंः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बाघको छालासहित राजधानीबाट एक जना पक्राउ गरेको छ।

 

 

ब्यूरोले बाघको छालासहित काठमाडौंको, बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ गणेश चौकबाट प्रेमबहादुर शाहीलाई पक्राउ गरेको हो।

 

 

सुर्खेतको चिसापानी स्थायी ठेगाना भएका शाही कैलालीको लम्की बस्दै आएका थिए।  

 

उनको साथबाट बाघको एक थान छाला बरामद गरिएको ब्यूराका प्रवक्ता मीरा चौधरीले जानकारी दिइन्।

यस्तो छ सजायको व्यवस्था

अपराधः  राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धी, १९७५ विरुद्दको अपराध।

 

दण्ड सजायः राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन , २०२९ को दफा २६९१० अनुसार पाँच लाख रुपैँयादेखि दश लाख रुपैँयासम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै।

 

प्रतिक्रिया दिनुहोस
Advertisement