काठमाडौं – तीन वर्षअघि भदौ ७ गते कैलालीको टीकापुर सहरमा ९ जनाको ज्यान जानेगरी भएको घटनामा जिल्ला अदालत कैलालीले सांसद रेशम चौधरीसहित ११ जनालाई जन्म कैदको फैसला गरेको छ।
मंगलबार बहस सकिएपछि जिल्ला अदालत कैलालीले बुधबार यस्तो फैसला सुनाएको हो । घटनामा संलग्न रहेको आरोपमा थुनामा रहेका नेता लक्ष्मण थारुसहित १५ जनालाई आजै रिहा गर्न आदालतले आदेश दिएको छ ।
जिल्ला अदालत कैलालीका प्रवक्ता नरबहादुर नेगीका अनुसार सो मुद्दाको बिषयमा वादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता विष्णु पौडेल र सहायक न्यायाधिवक्ता लक्ष्मी शर्माले बहस गरेका थिए । टीकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा परी १ नाबालक र ८ प्रहरीको ज्यान गएको थियो।
प्रतिक्रिया