टिकटकले लन्डनमा केन्द्रिय कार्यालय सार्दै


एन्जेन्सी – टिकटकले आफ्नो मुख्यालय बेलायतको राजधानी लन्डनमा सार्न बेलायती सरकारसंग छलफल गरिरहेको छ ।

पछिल्ला दिनहरुमा चीनसँग विवाद बढेपछि टिकटकमाथि विभिन्न देशहरुले अनुसन्धान गर्ने र प्रतिबन्ध लगाउने क्रम बढिरहेको छ । अफ्ठ्यारो अवस्था आइलागेपछि टिकटकले केन्द्रिय कार्यालय सार्ने तयारी गरेको हो ।

बेलायती समाचार संस्था रोयटर्सका अनुसार बेलायत सरकारसँग टिकटकले केन्द्रि कार्यालय राख्न छलफल अगाडी बढाईरहेका छ । चिनियाँ स्वामित्वबाट टाढा राख्न यस्तो तयारी भईरहेको जनाइएको छ ।

कम्पनीले लन्डनबाहेक अन्य शहरहरू पनि विकल्पका रुपमा हेरेको छ । यस वर्ष क्यालिफोर्नियामा धेरै रोजगारी सिर्जना गरेको थियो ।

टिकटकले वाल्ट डिस्नेका पूर्वसहकार्यकारी केभिन मेयरलाई पनि हायर गरेको छ । उनी टिकटकका प्रमुख कार्यकारी नियुक्त हुँदैछन् ।

चीनले कम्पनिलाई डाटाका लागि दवाव दिन सक्ने भएकाले पनि अनुसन्धान भइरहेका छन् । टिकटकमा चिनियाँ कम्पनि बाइट्डान्सको स्वमामित्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement