चर्चित ‘टिकटक’ सेलिब्रेटीको गोली हानी हत्या


एजेन्सी – दिल्लीमा ‘टिकटक’ सेलिब्रेटी मोहित मोरको गोली हानेर हत्या गरिएको छ ।

नचिनेका व्यक्तिले उनको छातीमा १३ वटा गोली हानेको भारतीयअधिकारीहरुले जनाएका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

मोहित मोर ‘टिकटक’ का चर्चित सेलिब्रेटी थिए । ‘टिकटक’ मा उनको पाँच लाखभन्दा बढी फलोअर छन् । ‘प्रहरीले यो जघन्य हत्याकाण्डको जाँच गरिरहेको जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement