खेलकुद

डिपिएलको उपाधि टिम चौराह धनगढीलाई

धनगढी- धनगढी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको उपाधि टिम चौराह धनगढीले जितेको छ । सोे टिमले काठमाडौँ गोल्डेन्सलाई २१ रनले हराउँदै उपाधि जितेको हो ।

Dish HomeUnited Cement

प्रदेश नं ७ को संघीय एकाइ प्रहरी कार्यालयको खेल मैदानमा भएको खेलमा धनगढीले टस जितेर ब्याटिङ गरी निर्धा्रित २० ओभरको खेलमा धनगढीले चार विकेट गुमाउँदै १८१ रन बनायो । एक सय ८२ रनको विजय लक्ष्य पछ्याएको काठमाडौँले २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ६० रनमा समेटियो ।

धनगढीका लागि सुनिल धमलाले ७८ तथा रोहन मुस्तफाले ६० रनको योगदान दिए । धमलाले ६३ बलमा तीन छक्का र आठ चौका प्रहार गरे । मुस्तफाले ४२ बल खेल्दै चार छक्का र चार चौका हाने । सोमपाल कामीले अविजित रहँदै आठ रन बनाए । बलिङतर्फ काठमाडौँका लागि सुबोथ भाटीले दुई तथा सन्नी पटेलले एक विकेट लिए ।

ब्याटिङतर्फ काठमाडौँ गोल्डेन्सका लागि अमित श्रेष्ठले ५८ रन बनाए । उनले ३९ बलमा तीन छक्का र सात चौका प्रहार गरे । यस्तै ज्ञानेन्द्र मल्लले ३०, सन्नी पटेल २२, नरेश बुढाऐरले १९ तथा पुष्प थापाले १५ रन बनाए ।

बलिङतर्फ धनगढीका लागि ललितसिंह भण्डारीले तीन, रोहन मुस्तफाले दुई तथा सम्साद शेख र योगेन्द्रसिंह कार्कीले एक÷एक विकेट लिए । जितसँगै धनगढीले रु २५ लाख प्राप्त ग¥यो भने उपविजेता काठमाडौँले १५ लाख प्राप्त ग¥यो ।

Comments

comments

ad

धेरै पढिएको समाचार

NIC Asia Bank
NMB Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Nepal Life Insurance

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top