काठमाण्डु – संघीय सरकारका मन्त्रीहरू बाढी प्रभावित क्षेत्र खुर्कोटमा पुगेका छन् । ११ र १२ असोजमा आरीघोप्टे पानी पर्दा बाढीपहिरोले जनधनको क्षति पुर्याएको सिन्धुली जिल्लोको खुर्कोटमा १२ दिनपछि पुगेका हुन् ।
आज बिहान खुर्कोटमा गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको विपद् व्यवस्थानपन प्राधीकरणको टोली पुगेको हो ।
टोलीले सिन्धुलीको बाढी्पहिरो प्रभावित खुर्कोट क्षेत्रको अनुगमन गर्नुका साथै तत्काल के के विषयमा पुनस्थापन गर्नुपर्छ, त्यहाका नागरिकलाई टटकारो आवश्यकता के छ भन्ने विषयमा स्थानीय र स्थानीय प्रशासनसँग जानकाी लिएको गृहमनत्री लेखको सचिवालयले जानकारी दिएको छ ।
दुइृ दिनको अविरल बर्षापछि आएको बाढीपहिरोबाट अहिलेसम्म २४६ जनाको मृत्यु भइसकेको छ । अर्वौको क्षति भएको छ ।
प्रतिक्रिया