तीनकुने घटनाबारे स्वतन्त्र नागरिक छानबिन आयोगको प्रतिवेदन सार्वजनिक

तीनकुने घटनाबारे स्वतन्त्र नागरिक छानबिन आयोगको प्रतिवेदन सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वतन्त्र नागरिक छानबिन आयोगले गत चैत्र १५ गते तीनकुनेमा भएको घटनाको सम्बन्धमा प्रतिवेदन सार्वजनिक गरेको छ ।

बुधबार सार्वजनिक प्रतिवेदनमा तीनकुने घटनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून र कानूनी व्यवस्थाको उल्लंघन भएको आयोगले निष्कर्ष निकालेको छ ।

प्रतिवेदनमा घटनामा नेपालको संविधान, मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र र विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरूको उल्लंघन भएको आयोगले ठहर गरेको छ ।

प्रतिवेदनमा कार्यक्रम संयोजक प्रहरीको घेराभित्रबाटै फरार भएपश्चात वरिपरिका निजी घरहरूमा आगजनी हुनु, गोली हान्नुपर्ने परिस्थिति नभएको अवस्थामा गोली हानिएको उल्लेख छ ।

विज्ञहरूले घटनामा सुरक्षाकर्र्मीले अनावश्यक र अत्याधिक बल प्रयोग गरेको बताएको प्रतिवेदनमा उल्लेख गरिएको छ । २८ पृष्ठको प्रतिवेदनमा कतिपय घटना र विषयमा थप छानबिन गर्नुपर्ने आयोगले उल्लेख गरेको छ ।

कार्यक्रममा बोख्दै आयोगका अध्यक्ष देवेन्द्र लाल नेपालीले व्यवस्था मान्ने या नमान्ने दुवैले इतिहास घटित हुँदै गएको बुझ्नुपर्ने बताए । उनले जनताविरुद्ध सेना नजाने बताए । उनले नेपालमा भएका सबै शक्तिहरू मिलेर अघि बढ्नुपर्ने धारणा राखे ।

उनले भने, ‘एउटा इतिहास घटित हुँदैछ । एउटा शिक्षा नेपालको प्रत्येक पक्षले सत्तामा बस्ने या बाहिर बस्ने व्यवस्था मान्ने या व्यवस्था नमान्नेहरू सबैले इतिहास घटित हुँदै गएको कुरा बुझ्नुपर्नेछ । आवश्यक स्थिति घटित हुँदैछ । यसलाई बुझ्न आवश्यक रहेको छ । तीनकुनेमा जुन घटना घट्यो, त्यो अन्यन्तै दुःखद पक्ष हो । त्यस्तो घटना पुनः नदोहोरियोस् । सेना परिचालन गरी दबाउने सोचेको होला, संसारका कुनै शक्तिले जनताको विरुद्धमा सेना परिचालन गर्न सक्दैन, सबै जनताको शक्ति मिलेर अघि बढ्ने विश्वास लिएको छु ।’