काठमाण्डु- नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ।
नेपाली कांग्रेस काठमाडौंका पूर्वसभापति डंगोलको गए राति निधन भएको हो ।
उनी लामो समयदेखि बिरामी थिए। स्वास्थ्य अवस्थाका कारण पछिल्लो समयमा उनी पार्टी गतिविधिमा संलग्न थिएनन्।
उनको पार्थिव शरीरलाई अहिले उनको निवासमा राखिएको छ ।
प्रतिक्रिया