अख्तियारको अनुसन्धानका लागि गृह मन्त्रालयका सहसचिव भट्टराई पक्राउ

अख्तियारको अनुसन्धानका लागि गृह मन्त्रालयका सहसचिव भट्टराई पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा प्रमुख अध्यागमन अधिकृत रहँदा नेपालबाट भिजिट भिसामा दुबई लगायतका मुलुक जानेबाट रकम असुल्ने गरेको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेको छ । मंगलबार एकाएक सरुवा भएर गृह मन्त्रालय आएका उनलाई बुधबार अख्तियारले पक्राउ गरेको छ ।

अख्तियारको टोलीले बुधबारै विमानस्थल अध्यागमनमा आकस्मिक अनुगमन समेत गरेको छ ।