भोलि काठमाडौं र ललितपुरका यी स्थानमा विद्युत अवरुद्ध हुने (सूचीसहित)


काठमाण्डु – नेपाल विद्युत प्राधिकरणको टेकु सबस्टेसनबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बन्द हुने भएको छ । प्राधिकरणले आज सूचना जारी गरी भाद्र १६ गते बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको हो ।

टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के-थ्री ६६ केभी प्रसारण लाइन सटडाउन गर्नुपर्ने भएकाले के-थ्री सबस्टेसन तथा सो सँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरूद्ध हुनेछ।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू स्युचाटार ६६ के.भी. लाइन १३२ के.भी. मा चार्ज गर्नेगरी कार्य भइरहेको छ।

भोलि के-थ्री सबस्टेसन र त्यससँग सम्बन्धित स्विचिङ स्टेसनहरुबाट आपूर्ति भइरहेको रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा विद्युत् आपूर्ति अवरूद्ध हुने प्राधिकरणले सूचनामार्फत जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement