उर्जामन्त्री रायमाझी र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता


काठमाण्डु – उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझी र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

सोमबार मन्त्री रायमाझीको कार्यकक्षमा दुई देशका आपसी हितका विषयमा छलफल भएको राजदूत क्वात्राले जानकारी दिए । राजदूत क्वात्राले नवनियुक्त मन्त्रीलाई बधाई दिएका छन् ।

त्यस्तै संयुक्त परियोजनाहरूको कार्यान्वयनसहित द्विपक्षीय उर्जा र सहयोग लिनेबारे छलफल भएको राजदूत क्वात्राले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement