डा. तोसिमाको उम्मेदवारी कायम रहने, लाभको पदमा रहेको मान्न नसकिने सर्वोच्चको ठहर


काठमाण्डु- ललितपुर- ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने भएको छ । सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने आदेश दिएको हो ।

जसअनुसार उनी लाभको पदमा बहाल रहेको भनी मान्न मिल्ने नदेखिएको जनाइएको छ । निर्वाचन आयोगले डा. तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै दिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनको उम्मेदवारी कायम राख्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

उनको उम्मेदवारी कायम रहने वा नरहने विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश दिएको थियो । मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद ठहर गर्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेकोमा सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेशमार्फत यथावत् राखेको थियो ।

त्यसविरुद्ध आयोगले दिएको भ्याकेट निवेदन सोमबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले तोसिमा उम्मेदवारी कायम रहने आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement