ओमानका विदेशमन्त्री अल्बुसैदी २ दिने नेपाल भ्रमणमा

ओमानका विदेशमन्त्री अल्बुसैदी २ दिने नेपाल भ्रमणमा


काठमाण्डु – ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको २ दिने औपचारिक भ्रमणका लागि काठमाण्डु पुगेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले उनको स्वागत गरेकी छन् ।

उनी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा भदौ १० र ११ गते नेपाल भ्रमणमा आएका छन् । भ्रमणका दौरान दुवै देशका विदेश मन्त्रीहरूबीच नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नेछन् । उनी मंगलबार काठमाण्डुबाट स्वदेश प्रस्थान गर्ने कार्यतालिका छ ।