लमजुङका गन्तव्य प्रवर्द्र्धन गरिँदै

लमजुङका गन्तव्य प्रवर्द्र्धन गरिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- विश्वमा पहिलोपटक आठ हजार मिटरभन्दा अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको दिन भोलि बुधबार अन्नपूर्ण आरोहण दिवसलाई ट्रेकिङ एजेन्सिज एशोसिएन टान गण्डकी प्रदेशले लमजुङको दोर्दी गाउँपालिकाका क्षेत्रका विभिन्न गन्तव्यको प्रवर्द्धन गर्ने भएको छ ।

सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोग र लुई लासनालले पहिलो पटक आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण गरेको अवसरमा प्रत्येक वर्ष जुन ३ लाई अन्नपूर्ण आरोहण दिवसका रुपमा मनाउने प्रचलन छ ।

उक्त दिवस हरेक वर्ष अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा मनाउने गरिएकोमा यसवर्ष ७६ औँ आरोहण दिवसमा लम्जुङको दोर्दी गाउँपालिकाका गन्तव्यलाई समेटिएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

अध्यक्ष आचार्यले  यसवर्ष  जेठ २० र २१ मा अन्नपूर्ण आरोहण दिवस मनाउन लागेको बताए। उक्त दिन दोर्दी क्षेत्रका पदमार्गको पहिचान र प्रवद्र्धनसँगै स्थानीय कला–संस्कृतिको संरक्षण तथा जलवायु परिवर्तनले पर्वतीय पर्यटन र वातावरणमा पारेको प्रभाव लगायतका विषयमा अन्तरक्रिया गर्न लागिएको छ ।