नेपाल भ्रमण वर्ष २०२० सफल पारौँ


विष्णु आचार्य
काठमाडौं – स्वच्छ नेपाल अभियान सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाइने तयारी पनि गरिरहेको छ नेपाल सरकारले । त्यसो त देशको धेरै शहरमा टोल टोलमा विभिन्न संघसंस्थाहरुको आयोजनामा सरसफाई चलिरहेको छ ।

सरसफाइ निरन्तर चलिरहनु पनि सकारात्मक पक्ष हो । आफ्नो ठाउँ टोल सहरलाई सधैं सफा राख्नु पर्छ भन्दै झापा जिल्लालाई नै सफा राख्नु पर्छ भन्दै साप्ताहिक रुपमा बिर्तामोड सरसफाई अभियान चलिरहेको छ । यो अभियानको प्रभावले झापा लगायत विभिन्न ठाउँमा सरसफाइ कार्यक्रम सञ्चालन भैरहेका छन् ।

सोही अनुरुप अर्जुनधारा सरसफाइ अभियान, हल्दीबारीमा ढडुवा बजार सरसफाई भद्रपुरमा मेची अञ्चल सरसफाइ, मेची नगरमा धुलावारी सरसफाइ चलिरहेको छ भने हामिले साँच्चै नै लागी परेर गर्ने दिन आएको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाइ रहदाँ हामी झापा जिल्लाबासीको भूमिका के त ? हाम्रो जिल्लामा पर्यटकको पर्यटकीय स्थलहरु छैनन् र छन् प्रसस्तै छन् ।

दोमुखा, अर्जुनधारा जलेस्वर धाम, नेपालकै होचो स्थानमा रहेको पर्यटकीय स्थल किच्चकवद छन् । यी धार्मिक स्थलहरुलाई स्वच्छ र सफा राख्नु हामी झापा बासीहरुका लागि अति नै आवश्यक छ । झन अहिले मानव निर्मित धेरै पर्यटकीय स्थलहरु छन्, जामुनखाडी हेप्पीलेण्ड बाँसबारी झीलहरु यी स्थलहरुलाई कसरी स्वच्छ सफा राख्न धेरै भन्दा धेरै पर्यटकहरुलाई झापा भित्रयाइ मनग्यै आम्दानी गर्न सकिन्छ ।

पर्यटन व्यवसाय प्रचुर सम्भावना बोकेको हाम्रो जिल्लाको आर्थिक पाटोले पर्यटन व्यवसायमा ठूलो मद्दत पुग्नेछ । यस्को लागि विदेशी पाहुनाको नजरमा हाम्रो गाँउ टोल सहर स्वच्छ सफा हराभरा बनाउन आवश्यक छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यका साथ बैशाख –४ गते पूर्वको मेची पुलबाट सुरु भएको ‘मेची महाकाली सरसफाइ अभियान’ देशका ४५ स्थानहरुमा स्थानीय। सामाजिक संघसंस्थाको सहकार्य सरसफाइ सम्पन्न भै सकेको छ । केही स्थानहरुमा हुने क्रम जारी छ ।

आज यहि अभियान सञ्चालन गरिरहँदा ‘सभ्य बन्ने हाम्रो रहर, सफा राखाँै हाम्रो शहर’ भन्ने मुल नारा लिएर देशब्यापी रुपमा सामाजिक संघसंस्थाहरुसंग काम गर्ने मौका मिलेको छ । सरसफाइ अभियानले जोडिने मौका पाएको छ । मेची महाकाली सरसफाइ अभियानलाई चाँडै नै टुङ्याउने तयारीमा छौँ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा विश्वकै पर्यटकीय गन्तव्य मध्ये एउटा मत्वपूर्ण गन्तव्यको रुवमा चिनिएको देश हो नेपाल । यहाँ विश्वकै दुर्लभ जिब जनावर पाइन्छन् ।

विभिन्न प्रजातीका चरा चुरुङ्गीहरु विश्वशान्तिको अग्रदुत भगवान गौतम बुद्धको देश भनेर चिनिएका छौँ । अर्कोतर्फ जुन विश्वसामु चिनारी दिएका छन् हाम्रा पुर्खाहरुले वीर गोर्खालीको रुपमा विश्वमा नाक ठड्याएर हिडेका छन् ।

जलस्रोतको धनी मेरो देश स्वच्छ हावा पानी यहाँका चाडपर्व रितिरिवाज रहन सहन भेषभुषा उत्तरमा हिमाली चुचुरादेखि लिएर तराईसम्म ठाउँ अनुसारको अनेकौ भेषभुषा जातजाती मिलेरबसेका छौँ । धर्म, संस्कृतिले पनि चिनिएको मेरो देश ।

अहिले पछिल्लो समयको तुलनामा प्रकृतीले दिएको सुन्दरता बाचइ राख्न के निम्ति हामीहरु एकजुट भएर लागीएन भने निकै आउने भावी पुस्ताहरुको पालासम्ममा वातावरण निकै नै प्रदुषण बनिसकेको हुन्छ । र यसलाई अहिले देखीनै लागि परिएन भने बढ्दो जनसङ्ख्या बजारिकरण, बसाँइसराईले गर्दा धेरै असर परिरहेको छ ।

खाद्य बस्तुमा बिषादिहरु मिसिएर मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको छ । साथै बड्दो बजारीकरणको चापले बजारको रुप रङ नै परिवर्तन भै सकेको छ । खोलानाला बनजङ्गल त्यतिकै दुषित बन्दै गइरहेकोछ । बनजङ्गलमा बस्ने प्राणीहरुले आफ्नो बासस्थानहरु बिस्तारै बिस्तारै छोड्दैछन् ।

ढलनिकासको उचित व्यवस्थापन नहुना कारण खोला–नदीमा ढल मिसिदा जलचर प्राणीहरु दिनदिनै मर्न थालेका छन् । अव यस्ता कार्यलाई अहिल्यै देखिनै व्यवस्थापन गरिरोक्ने र स्वच्छ र सफा नेपालको परिकल्पना गर्ने जिम्मा तपाइँ हामी युवाको हातमा छ ।

सरकारसँगै हामी पनि हरेक क्षेत्रबाट सरसफाइ देशव्यापी बनाउन सकियो भने विश्वको पर्यटनहरुले यहाँको वातावरणलाई अझ नजिकबाटै नियाल्ने मौका पाउने छन् र अझ नेपालका शिर विश्वसामु अझ उचाइमा पुग्नेछ ।

सरसफाई सङ्सँगै जनचेतनाको विकास गर्दै सरसफाइ सम्बन्धी चेतनामा अभिवृद्धि गर्दै जाने हो भने हो भने पक्कै पनि स्वच्छ नेपालको परिकल्पना साकार हुँदै जानेछ । त्यसैले सरसफाइको आन्दोलनलाई देशव्यापी जागरणका रुपमा गाउँ गाउँ बस्तीसम्म पुर्याई राज्य लगायत स्थानीय जनप्रतिनिधिलाई झकझक्याउन कोही पछि नपरौँ ।

घरबारीबाट निक्लने फोहोरलाई वर्गीकरण गरी मोहोरमा बदल्न सकिन्छ । त्यस्को लागि राज्यबाट विज्ञहरु परिचालन गरि त्यहि फोहोरलाई मोहोरमा परिणत गर्न सकिन्छ । एकाइसौँ शताब्दीमा प्रविधिहरु धेरै आइ सकेका छन् ।

सानातिना उद्योगहरु सञ्चालन गरि युवाहरुलाई रोजगारी दिलाउन सकिन्छ । त्यसैले सरसफाइ अभियानलाई देशव्यापी बनाउन देशैभर छरिएर सरसफाइ निरन्तरता दिदै आएका संस्थाहरुमा आत्मीयता, भाइचाराको सम्बन्धलाई अझ मजबुत बनाउँदै आई परेका समस्यालाई सबैँ मिलेर समाधान गर्दै जानुपर्छ ।

सफा नेपाल अभियान
सहभागी बनौ ! सफल पारौँ
नेपाल भ्रमण वर्ष २०२० सफल पारौँ
सरसफाइ अभियान देशव्यापी बनाउ
अन्त्यमा नववर्षको अवसरमा देश तथा विदेशमा रहेका आमाबुबा, दाजु शुभकामना व्यक्त गर्न चाहन्छु ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement