नेपालको पर्यटन प्रवद्र्धन गर्न बेइजिङ्गमा कार्यक्रम 


बेइजिङ्ग – बेइजिङ्गमा नेपाली पर्यटन प्रवद्र्धनको कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणी पौडेलले नेपालको पर्यटन क्षेत्रमा चिनियां पर्यटकले मेरुदण्डको काम गरेको बताए । 

उनले पछिल्लो समय नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेख रुपमा वृद्धि भएको र आगामी वर्ष आयोजना हुने नेपाल भ्रमण वर्ष सफल बनाउन पनि चिनियां पर्यटक नै प्रमुख आधार हुने दावी गरे ।  

करिव सयजनाभन्दा बढी चिनियां पर्यटन व्यवसायी सहभागी उक्त कार्यक्रममा नेपाल पर्यटन बोर्डको तर्फबाट श्रदा श्रेष्ठले नेपालको पर्यटन परिचय झल्किने श्रव्यदृश्य सामाग्री प्रस्तुत गरेकी थिईन ।

सो सामाग्रीमा काठमाडौं, पोखरा, लुम्बिनी र चितवनलगायतका महत्वपूर्ण पर्यटकीय स्थलको परिचयसहित नेपाली संस्कृतिका झलकहरु समेटिएका छन् । 

प्रतिक्रिया दिनुहोस
Advertisement