काठमाण्डु उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो

काठमाण्डु उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा १९ प्रतिशतले दुर्घटनामा कमी आएको छ ।

काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा ८ हजार ८८१ सडक दुर्घटना भएकामा आव २०८१/८२ मा ७ हजार १६९ र आव २०८२/८३ मा ५ हजार ८०३ रहेको छ । 

काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले दुर्घटना न्यूनीकरणमा नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा अन्य सरोकारवाला निकायले अपनाएको सतर्कता, प्रभावकारी ट्राफिक व्यवस्थापन र जिम्मेवारीपूर्ण कार्यसम्पादनको सकारात्मक प्रभाव परेको बताए ।

‘दुर्घटना हुनु आफैँमा दु:खद हो तर सडक नियमको पालाना आफ्नै सुरक्षाको लागि हो भन्ने महसूस सबै सडक प्रयोगकर्ताहरूले गर्नुभयो भने नतिजा सकारात्मक नै आउँछ । त्यसैले ट्राफिक नियमको पालानाप्रति सबै नागरिक जिम्मेवार बन्नुपर्दछ,’ उनले भने ।

उनका अनुसार वर्षभरिका दुर्घटनाको तथ्यांक विश्लेषण गर्दा सबैभन्दा धेरै दुर्घटना गत शुक्रबार भएको देखिएको छ । ‘शुक्रबार १ हजार १०३ वटा दुर्घटना भएका छन् । त्यसैगरी सबैभन्दा कम दुर्घटना बुधबार भएको छ, जहाँ ६४५ वटा दुर्घटना भएका छन्,’ सुवेदीले भने । ट्राफिक प्रहरीले सडक सुरक्षामा सुधार ल्याउन चालक र पैदलयात्री दुवैले ट्राफिक नियमको पूर्णपालना गर्नुपर्नेमा जोड दिएको छ ।