ट्राफिक प्रहरीको विशेष अप्रेशनः हराएका २४ मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई जिम्मा


काठमाण्डु – महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।
महाशाखाले पीडित सहायता ईकाईबाट सादा पोसाकमा ट्राफिक प्रहरीको विशेष अप्रेशन टोली परिचालन गरी धमाधम हराएको मोटरसाइकल पक्राउ गर्न थालेको हो ।

दिनेश थापा मगर, नबिन गुरुङ, सुरज गिरी, बिशाल राई, तिर्थप्रसाद भण्डारी, भरत थापा, अजय तुलाधर, शिवराम ढकाल, मन्दिप राई, ईश्वारी लामिछाने, सर्वज्ञ खड्का, बिधान राई, शंकरप्ररसाद बाह्रकोटी, जितामित्र सुनार, छिरिङ तामाङ, नारायण प्रसाद राजथला, नुर्बुशेर्पा, ममता थापा, केशरबहादुर थापा, श्यामकुमार बि.क., धालबहादुर कार्की, थानेश्वार पोखरेल, सुनिता प्याकुरेल र बिक्रम महर्जनलाई हराएको मोटरसाईकल महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाएका हुन् ।

जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, साईरनलगायतका उपकरण जडान गर्न मोटरसाइकल चालकहरुलाई प्रमुख भट्टराईले सुझाव दिए । चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईन सेवा lost vehicle application मा लगईन गरेर निवेदन दिन सकिने व्यवस्था रहेको पनि उनले बताए ।

ट्राफिक प्रहरी टोलीले उपत्यकाका सुर्खेत, पैयूटार, फनपार्क, ईमाडोल, थापाथली, तिनकुने, पाटन, ढुङ्गेधारा, पुरानो बानेश्वतर, सामाखुसी, ठमेल, टोखा, सुकेधारा, बसुन्धारा, दधिकोटभक्तपुर, कपन, बसुन्धारा, कोटेश्वार, धुम्बाराही, विशालनगर, सामाखुसी र किर्तिपुर लगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई जिम्मा लगाएकोहो ।

प्रतिक्रिया दिनुहोस
Advertisement