ट्राफिक महाशाखाले शुरु गर्‍यो नागरिकमैत्री आचरण व्यबहार सुधार कार्यक्रम


काठमाण्डु – महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको आचरण व्यवहारमा थप सुधार गरी नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रदान गर्न कार्यक्रम शुरु गरेको छ ।

महाशाखाले ट्राफिक प्रहरीले सेवाग्राहीसँग गर्ने आचरण व्यवहारलाई थप नागरिकमैत्री बनाउने उद्देश्यले प्रहरी कर्मचारीको व्यवहारमा थप सुधार लक्षित कार्यक्रमको शुरुवात गरेको छ ।

ट्राफिक प्रहरीले गर्ने दैनिक काम कारबाही एव गतिबिधिका क्रममा आउने सेवाग्राही तथा सडक प्रयोगकर्ताहरुसँग नागरिकमैत्री व्यबहार सहित सहज, सरल एंव पारदर्शी सेवा प्रदान होस भन्ने अभिप्रायले यस मुल्याङ्कन पद्दति सहित पुरस्कृत गर्ने परिपाटीको शुरुवात गरेको हो ।

नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यादेश २०७७ र प्रहरी हवल्दार तथा प्रहरी जवान लक्षित उत्प्रेरणा अभिबृद्धि योजना २०७७ लाई प्रभावकारी कार्यान्वयन गर्न ट्राफिक प्रहरीबाट सेवाग्राही तथा सडक प्रयोगकर्ताहरुसँग सभ्य, शिष्ट र पारदर्शी रुपमा उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले नागरिकमैत्री ट्राफिक प्रहरी छनौट कार्यबिधी २०७७ बनाई लागु गरिएको एसएसपी जनक भट्टराईले जानकारी दिए ।

एक सय पुर्णाङ्कको कार्यबिधीलाई दुई चरणमा बिभाजन गरिएको छ, जसमा प्रहरी कर्मचारीको व्यक्तिगत आचरण, कार्यसम्पादन क्षमता, सेवाग्राहिसँगको व्यबहार, अनुशासन लगायतका बिषयहरु समेटिएका छन । प्रत्येक ट्राफिक प्रहरी कर्मचारीको प्रत्यक्ष मुल्याङ्कन निज कार्यरत कार्यालयको प्रमुख, हवल्दार र सुबेदार मेजरबाट हुनेछ भने समग्र मुल्याङ्कन एव सुपरिबेक्षण महाशाखाले गर्ने छनौट कार्यबिधीमा व्यवस्था रहेको छ ।

प्रत्येक महिना सर्बोत्कृष्ट कार्य सम्पादन गर्ने दुई जनालाई बृत्ति बिकासमा जनिने गरि नगद पुरस्कार एव सम्मान समेत गरिने महाशाखाका प्रबक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए । यसले आम सेवाग्राहि एंव सडक प्रयोगकर्ताहरुलाई नागरिकमैत्री व्यबहार सहित उत्कृष्ट सेवा प्रदान गर्न र समग्र कार्य सम्पादनमा प्रभावकारिता एव स्तरबृद्धि गर्न कोशेढुङ्गो साबित हुने प्रबक्ता अधिकारीले बिश्वास व्यक्त गरे ।

ट्राफिक प्रहरीले सेवाग्राहीसँग गर्ने आचरण व्यबहारमा थप सुधार गरि नागरिकमैत्री सेवा प्रदान गर्न महाशाखाले ‘नागरिकमैत्री ट्राफिक प्रहरी छनौट कार्यबिधी २०७७’ लागु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement