एकैदिन उपत्यकाका २१ सय जना ट्राफिक कारबाही परे, २६ लाख बढी राजस्व सङ्कलन

एकैदिन उपत्यकाका २१ सय जना ट्राफिक कारबाही परे, २६ लाख बढी राजस्व सङ्कलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन भएको छ। काठमाण्डु उपत्यकाबाट बुधबार मात्र २६ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो । जसमा २ हजार १०५ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।

मादक पदार्थ सेवन गरेका ९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १९३, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १३३ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १३९ जना २४ घण्टाको कारबाहीमा परेका छन्।

यस्तै ‘लेन’ अनुशासन पालना नगर्ने १३२, निषेधित क्षेत्रमा हर्न बजाउने ७९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ८७, एकतर्फी सडकमा सवारी चलाउने ७९ र अन्य सवारी नियम पालना नगरेका एक हजार १६४ जनालाई कारबाही गरिएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ ।