घट्यो लामो दूरीको गाडी भाडा,कहाँको कति ? (सूचीसहित)


काठमाण्डु – लामो दूरीका सार्वजनिक यातायातको भाडा घटाइएको छ। डिजेलको मूल्य घटेसँगै सरकारले लामो दूरीमा चल्ने यात्रुबाहक र मालबाहक दुवै सवारीसाधनमा लाग्ने भाडा  घटाएको हो।

विभागले बुधबार सूचना जारी गर्दै इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा भाडा समायोजन गरिएको जनाएको हो । डिजेलको मूल्य घटेसँगै यात्रुवाहक सवारीमा ३.२० प्रतिशतले घटेको छ।

त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ४.१९ प्रतिशतले भाडा घटेको छ। तराईको बाटामा सञ्चालन हुने मालवाहक सवारीको भने ४.६५ प्रतिशतले भाडा घटेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement