अदालतको भ्रष्टाचार रोक्न ट्रान्सपरेन्सीको सर्वोच्चलाई आग्रह


काठमाडौं – ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले न्यायपालिकामा हुने भ्रष्टाचार रोक्न सर्वोच्च अदालतलाई आग्रह गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष खेमराज रेग्मीसहितको टोलीले बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट गरी न्यायपालिकाभित्र भएका विकृति, विसंगति तथा भ्रष्टाचार हुने क्षेत्ररछिद्र पत्ता लगाएर नियन्त्रण गर्न सुझाब दिएको हो । ट्रान्सपरेन्सीले अदालतमा भएका भ्रष्टाचारका मुद्दालाई दु्रत गतिमा फस्र्योट गर्न पनि प्रधानन्यायाधीश जबराको ध्यानाकर्षण गराएको छ । 

जवाफमा प्रधानन्यायाधीश राणाले भ्रष्टाचारका मुद्दाको अनुसन्धानमा गम्भीरता अपनाउनुपर्ने भएकाले नीतिगत आधारमा हुने भ्रष्टाचारमाथि ध्यान पु(याउन समय लागेको बताए । टोलीले न्यायपालिकाको गरिमा उच्च राख्न, न्यायपालिकाको स्वाधीनताको रक्षा गर्न, योग्य, निर्भीक तथा इमानदार न्यायाधीशलाई प्रोत्साहन गर्न एवं राजनीतिक आस्था र भागबन्डाका आधारमा न्यायाधीश नियुक्तिलाई निरुत्साहित गर्नसमेत ध्यानाकर्षण गराएको छ । प्रधानन्यायाधीश जबराले भ्रष्टाचारबारे शून्य सहनशीलता अपनाउन प्रतिबद्ध रहेको बताए ।  आजको नयांपत्रिका दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement