स्लोभेनिया, अष्ट्रिया र माल्टाद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण


काठमाण्डु – युरोपेली सङ्घ (इयू) का तीन सदस्य राष्ट्र स्लोभेनिया, अष्ट्रिया र माल्टाले कोभिडको महामारीविरुद्ध लड्न नेपाललाई अनुदानस्वरुप स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित एक कार्यक्रममा नेपालका लागि युरोपेली सङ्घको प्रतिनिधिमण्डलका राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विशेषज्ञ डा रोशन पोखरलेलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।

आज हस्तान्तरित सामग्रीमा ३० हजार थान फेस मास्क, एक लाख थान निट्राइल् पञ्जा, १२ हजार ५०० थान प्रोटेक्टिभ् गगल्स, एक लाख थान प्रोटेक्टिभ मास्क, छ लाख थान नन्–स्टेराइल् मेडिकल मास्क, ५० हजार थान, भल्भ्रहित एफ्एफ्पी मास्क, एक हजार वटा पल्स अक्सिमिटर, दुई हजार ४०० वटा एन्टिजेन टेस्ट किट, १३० वटा नन्–कन्टयाक्ट् इन्फ्रारेड थर्माेमिटर र पाँच हजार थान फेस शिल्ड रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement