काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग, (तेस्रो संशोधन) विधेयक, २०८१ प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति पौडेलले बिहिबार नेपालको संविधानको धारा ११३ उपधारा २ बमोजिम प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।
यो विधेयक प्रतिनिधि सभा र राष्ट्रय सभाबाट पारित भएर सभामुख देवराज घिमिरेरे प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो ।
प्रतिक्रिया