संसदीय समितिको भागबन्डा टुंगियो,टीआरसीमा पनि सहमति


काठमाण्डु –  नेपाली कांग्रेस,नेकपा एमाले र माओवादी केन्द्रबीच संसदीय समितिको भागण्बडामा सहमति भएको छ ।

सोमबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको प्रमुख तीन ठूला दलका शीर्ष नेताबीच टिआरसीबारे विशेष समिति गठन गर्ने र एमालेलाई तीन समितिको नेतृत्व दिने सहमति भएको हो ।

जसअनुसार प्रतिनिधिसभाका १० वटा समिति मध्ये महत्वपूर्ण मानिएका सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिसहित तीन वटा संसदीय एमालेको भागमा परेको छ । नयाँ सहमतिसँगै संसदीय समिति गठनको प्रक्रिया सुरु हुने भएको छ । ​

यसैगरी, सत्य निरुपण तथा मेलमिलाप आयोगको विवादलाई टुंग्याउनका लागि विशेष समिति गठन गर्नेमा पनि प्रमुख दल सहमत भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतकाे उपस्थित रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
Advertisement