झण्डै पाँच महिनापछि खुल्यो त्रिवि उपकुलपति कार्यालयकाे ताला


काठमाण्डु – त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा करिब पाँच महिनाअघि लागेको ताला खुलेको छ । नेवीसंघ र आंशिक प्राध्यापकहरुले लगाएको ताला करिब ५ महिनापछि आइतबारदेखि खुलेको हो ।

नेविसंघले लगाएको ताला शुक्रबार खुला गरिएको थियो भने आंशिक प्राध्यापकले लगाएको ताला आज खाेलिएकाे हो ।आंशिक प्राध्यापकको ताला खोल्न आइतबार बिहान विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच ६ बुँदे सहमति भएको थियो ।

नेपाल सरकारले २०७४ मंसिर ८ गते त्रिविमा कार्यरत आंशिक शिक्षकलाई करार गर्न मन्त्रिपरिषद्द्वारा स्वीकृत १४२० शिक्षक दरवन्दी कार्यान्वयनका लागि त्रिविले सरकारसँग आवश्यक पर्ने बजेटका लागि १५ दिन भित्र पहल गर्न अनुरोध गर्ने सहमति भएको छ ।

आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिको मागको सन्दर्भमा त्रिभुवन विश्वविद्यालयमा रहेको रिक्त दरबन्दिको अध्ययन गरी आंशिक प्राध्यापकको समस्या समाधान गर्न त्रिभुवन विश्वविद्यालयको नियमानुसार गर्न अनुरोध गर्ने, अतिरिक्त कक्षा व्यवस्थापन कार्यविधि २०७७ आवश्यक परिमार्जन गर्न अनुरोध गर्ने सहमति भएको छ ।

यस्तै, क्याम्पस तथा केन्द्रीय विभागले आंशिक शिक्षकहरुको नियुक्ति गर्दा केन्द्रीय कार्यालयको पूर्व स्वीकृति लिएर मात्र राख्न परिपत्र गर्न अनुरोध गर्ने, आंशिक प्राध्यापकको समस्याको समाधान गर्नको लागि त्रिवि (पूर्ण) करार (नेपाल सरकार, त्रिविको श्रोत परिचालन गरेर), आन्तरिक करारविश्वविद्यालय र क्याम्पसको श्रोत परिचालन गरेर) र कोर्ष करार ( परिमार्जित अतिरिक्त कक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुरुप) गर्नको लागि अनरोध गर्ने सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement