त्रिभुवन विमानस्थलबाट ८ किलो थाईल्यान्डको गाँजासहित २ महिला पक्राउ

त्रिभुवन विमानस्थलबाट ८ किलो थाईल्यान्डको गाँजासहित २ महिला पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– ८ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना भारतीय महिला पक्राउ परेका छन् ।

थाइल्यान्डको बैंककबाट थाई एयरको उडान नम्बर टीजी ३०९ मार्फत काठमाण्डु आएका भारत मणिपुरका २० वर्षीया मोना देवी लोङजाम र २३ वर्षीया ओइनाम एली पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट सुटकेसभित्र लुकाएर ल्याएको ८ किलोग्राम थाईल्यान्डको गाँजा बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

उनीहरूबाट दुई थान राहदानी र दुई थान मोबाइल फोन समेत बरामद भएको छ । थप अनुसन्धान भइरहेको बताइएको छ ।