आठौँ राष्ट्रिय खेलकुद :त्रिभुवन आर्मी क्लबले २८६ वटा पदक प्राप्त


काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपालगञ्जस्थित ४ नं. बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । बिहीबार नेपालगञ्जस्थित ४ नं. बाहिनी अड्डाको निरीक्षण भ्रमण पश्चात काठमाडौं फिर्ता भएका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त वाहिनी अड्डाको बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरेका थिए । साथै, उनी बुधबार गते नेपालगञ्ज रंगशालामा सञ्चालन भएको आठौँ राष्ट्रिय खेलकुद समापन समारोहमा समेत उपस्थिति भएका थिए ।

चैत्र २७ गतेदेखि मिति २०७६ वैशाख ११ गतेसम्म सञ्चालन भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले प्रतियोगिताको सुरुदेखि अन्तिमसम्म उत्कृष्ट खेलहरु प्रदर्शन गर्दै १४० गोल्ड मेडल, ७९ रजत र ६७ कांस्य गरी जम्मा २८६ वटा पदकहरु प्राप्त गर्दै प्रतियोगितामा सहभागी टिमहरु मध्ये शिर्ष स्थान हासिल गर्न सफल भएको छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement