काठमाण्डु – त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्ड शुक्रबार र शनिबार दिउँसो बन्द हुने भएको छ ।
हेटौंडाले त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्डमा पर्ने रानीभञ्ज्याङ मोडमा सडक मर्मत तथा ह्युम पाइप बिछ्याउन काम गर्न लागिएकाले दुई दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म गाडी आवतजावतमा रोक लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सार्वजनिक सूचना निकालेर दुई दिन त्रिभुवन राजपथ बन्द हुने जनाएको छ ।

प्रतिक्रिया