काठमाडौं – सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले एम्बुलेन्स खरीद प्रकरणमा जोडिएका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई बोलाएर जानकारी लिएका छन् ।
आज बिहान आफ्नै निवासमा बोलाएर मुख्यमन्त्री भट्टले एम्बुलेन्स खरिदको विषयमा आएका सामाचारबारे सोधपुछ गरेका हुन् । एम्बुलेन्स खरिदमा अनियमितताको खबर बाहिर आएपछि मन्त्री सुवेदी विवादमा तानिएका छन् ।
मुख्यमन्त्री भट्टले सामाजिक विकास मन्त्री सुवेदीलाई एम्बुलेन्स खरीदको विषयमा काठमाडौंपाटीमा ‘देशको मन्त्रालयमा ब्रह्मलूटः कवाडी ट्रकलाई रंगरोगन गरेर बनाइयो एम्बुलेन्स !’ शीर्षकको समाचार प्रकाशित भएपछि मुख्यमन्त्री भट्टले स्पष्टीकरण लिएका हुन् । मुख्यमन्त्री भट्टले एम्बुलेन्स खरिद प्रकरणबारे सत्यतथ्य बाहिर ल्याउन निर्देशन दिएका छन् ।
भट्टका स्वकीय सचिव शिवसिंह ओलीले मुख्यमन्त्रीले मन्त्री सुवेदीसँग भेटघाट गरेकेा तस्बीर सामाजिक सञ्जालमा पाेष्ट गरेका छन् ।
सुदूर पश्चिम प्रदेश सभाको लेखा समितिले एम्बुलेन्स खरिदको फाइल मगाएर छानबिन तयारी गरेकाे छ । समिति संयोजक सांसद नन्दा कुमारी बमले एम्बुलेन्स खरीद प्रकरणमा भ्रष्टाचार भएको सम्बन्धमा समाचार प्रकाशनमा आएपछि आफ्नो ध्यानाकर्षण भएकोले बिहीवार सो खरीदको फाईल सामाजिक विकास मन्त्रालयसंग मागेर छानबिन शुरु गर्ने बताईन ।
यस्ताे छ काठमाडौंपाटीमा प्रकाशित भएकेा समाचार:
प्रदेशको मन्त्रालयमा ब्रह्मलूटः कवाडी ट्रकलाई रंगरोगन गरेर बनाइयो एम्बुलेन्स !





प्रतिक्रिया