काठमाण्डु- त्रिशूली जलविद्युत कम्पनीको मंगलबार वार्षिक साधारण सभा बस्दैछ ।
यस कम्पनीले सभामा लगानीकर्ताहरुलाई लाभांश वितरया नगर्ने भएको छ । कम्पनीको सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
साथै, आर्थिक वर्ष २०८०-८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ ।
त्रिशूली जलविद्युत कम्पनीको सभा आम्रपाली ब्यांक्वेट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
प्रतिक्रिया