माथिल्लो त्रिशूली-१ मा थप ७ जनाको शव फेला

माथिल्लो त्रिशूली-१ मा थप ७ जनाको शव फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भदौ १० गतेको बाढीबाट क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा थप सात जनाको शव फेला परेको छ ।

सुरुङ तथा हेडवक्समा हराइरहेकाहरूको खोजी गर्ने क्रममा शुक्रबार सात जनाको शव फेला परेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जनाएको छ।

२१६ मेगावाट क्षमताको आयोजनामा बाढीपछि ठूलो संख्यामा मानिस हराइरहेका छन्

शुक्रबार नेपाली सेना र आयोनजना प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभपलमेन्ट कम्पनीका सर्भे इन्जिनियरसहितको समूहले अडिट १ को क्षेत्रमा अवलोकन गर्दा पूर्ण रुपमा डेब्रिज भरिएको पाइएको उद्धारकर्ताहरुले बताएका छन्।

यसअघि भदौ १९ गते त्रिशूली–१ आयोजनामा ६ जनाको शव फेला परेको थियो ।

यसैगरी मैलुङ क्याम्प साइटमा मिनि स्काइभेटरले उत्खनन कार्य सुरु गरिएको छ भने अडिट ३ मा नेपाली सेना र अष्ट्रेलियाली उद्धार समूहले सर्च गरेका छन्।

उद्धारका लागि कोरियाली उद्धार टोली, शेर्पाहरू, सर्च, ड्रोन टिम सक्रिय छन् । क्यामेरा र तालिमप्राप्त कुकुर पनि प्रयोग गरिएको छ ।

बाढी आउनुअघि आयोजनास्थलमा १ हजार ४३३ जना कार्यरत थिए। ती मध्ये हालसम्म ८ सय ७८ जनाको मात्रै उद्धार भएको छ। अझै ५ सय ५१ जना सम्पर्कविहीन छन् ।