काठमाण्डु – माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङ भित्र नेपाल विद्युत् प्राधकिरणका एकजना सुपरभाइजरको नेतृत्वमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली पावर हाउसतर्फ प्रवेश गरेको छ।
प्राधकिरणका इलेक्ट्रिकल सुपरभाइजर सन्जोग केसीसहितको नेपाली सेनाको टोली पावर हाउस प्रवेश गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार थप जनशक्तिहरुको उद्धारकालागि माथिल्लो त्रिशुली ३ ‘ए’ को पावर हाउस भित्र प्रवेश गरिसकेको छ ।
यसअघि उक्त आयोजनामा अमिर महर्जन र सन्जय साहको सकुशल उद्धार गरिएको छ ।
सुरुङबाट बाहिरिएलगत्तै साहले सुरुङभित्र रहेका अन्य व्यक्तिहरू पनि सुरक्षित रहेको जानकारी उद्धारकर्मीलाई दिएका थिए। नेपाल विद्युत् प्राधिकरणका अनुसार साहले आफूहरूसँगै सुरुङभित्र रहेका सबैजना सकुशल रहेको र उद्धारको प्रतीक्षामा रहेको बताएका थिए।
अहिले सुरुङभित्र रहेका अन्य व्यक्तिसम्म पुग्न थप जनशक्ति र उपकरण परिचालन गरिएको छ। सञ्जय साह र कविर महर्जनको जीवित उद्धारपछि सुरुङभित्र अझै फसेकाहरूलाई पनि सकुशल बाहिर निकाल्न सकिने सम्भावना बढेको छ। उद्धार टोलीले जोखिमका बीच खोजी तथा उद्धारलाई तीव्रता दिएको छ।




प्रतिक्रिया