प्रधानमन्त्रीबाट ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ को उद्घाटन हुँदै


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रिय प्रसारणमा जोडिएको दशकयताकै ठूलो ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजनाको उद्घाटन गर्ने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट स्विच थिचेर औपचारिक उद्घाटन गर्ने आयोजनका प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणका आयोजना प्रमुख फणीन्द्र जोशीले जानकारी दिए । अस्वस्थताका कारण प्रधानमन्त्री आयोजना स्थलमा जान असम्भव भएकाले काठमाडौंबाटै उद्घाटन गर्न लागेका हुन् ।

०६५ मा ७० मेगावाटको मध्यमस्र्यांदी जलविद्युत् राष्ट्रिय प्रसारणमा जोडिएपछिको यो नै ठूलो आयोजना हो । जेठ २ मा आयोजनाको पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादन सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement