काठमाण्डु– बाढीका कारण रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले स्काभेटर र डोजर नुवाकोटको बट्टार पुर्याएको छ।
ती उपकरणलाई बट्टारमै खण्ड–खण्ड (डिसमेन्टल) गरी हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लगिएको हो । बाढी प्रभावितको उद्धारका लागि नेपाली सेनासहितको टोली अहोरात्र खटिरहेको छ।
गएराति आयोजनाको क्षेत्रमा भीषण बाढी आए पनि उद्धार प्रयास निरन्तर जारी रहेको नेपाली सेनाले जनाएको छ।
सेनाका अनुसार अहिले सुरुङको प्रवेशद्वार (टनेल इन्ट्री) खोल्ने ‘ब्रेक थ्रु’को काम भइरहेको छ। उक्त काम अबको करिब एक घण्टामा सम्पन्न हुने अपेक्षा गरिएको छ।
सुरुङको प्रवेशद्वार खुलेपछि मात्रै त्यस क्षेत्रमा फसेका मानिसहरूको खोजी तथा उद्धार कार्य सुरु गरिने सेनाले जनाएको छ।




प्रतिक्रिया