काठमाण्डु– माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलभित्र खोजी तथा उद्धारका क्रममा थप ७ वटा शव फेला परेका छन्।
नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीले निरन्तर खोजी गर्ने क्रममा टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा थप ७ वटा शवहरू फेला पारेको हो।
यसअघि १२ः०५ बजेको अपडेटअनुसार टनेलभित्रबाट ६ वटा शव फेला पारेर बाहिर निकालिएको थियो। त्यसपछि खोजी कार्यका क्रममा थप ७ वटा शव फेला पारिएको नेपाली सेनाले जानकारी दिएको छ।
उद्धार टोलीले टनेलभित्र खोजी कार्यलाई निरन्तरता दिइरहेको सेनाले जनाएको छ। यस्तै त्रिशूली–३बी जलविद्युत् आयोजनाको पावर हाउस रहेको क्षेत्रमा नेपाली सेनासहितको संयुक्त उद्धार टोलीले खोजी कार्यलाई तीव्रता दिएको छ।
संयुक्त टोलीले ३ वटा एक्स्काभेटर र लोडरको प्रयोग गरी पावर हाउस रहेको स्थानमा उत्खनन गरेर खोजी गरेको थियो। तर, हालसम्म उक्त क्षेत्रमा केही फेला नपरेको जनाइएको छ।




प्रतिक्रिया