काठमाण्डु-चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पुरिएको गणपति डिलक्स र एन्जल बसमा यात्रा गरेका चालक र सहचालकसहित यात्रुहरू नाम खुलेको छ ।
काठमाडौंको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको ०००१ ख २४९५ नम्बरको बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना थिए । दुई जना बीच बाटोबाट चढेका थिए । बस किशोर कुमार चौधरीले चलाएका थिए ।
शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै लेदोसहितको पहिरोमा काठमाडांैबाट रौतहटको गौरतर्फ जांदै गरेको प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एञ्जल डिलक्स बस त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ ।
कलङ्कीस्थित गणपति ट्राभल्स बस काउन्टरले उपलब्ध गराएको चलानी नम्बरमा बस चढेकाहरूको ठेगाना, मोबाइल नम्बर र नाम खुलाइएको छ भने थर उल्लेख गरिएको छैन ।
काठमाडौं बस काउन्टरबाट प्राप्त भएको विवरणको आधारमा घर परिवारमा सम्पर्क गर्ने प्रयास भइरहेको रौतहटका प्रहरी प्रमुख एसपी दिलिप घिमिरेले बताएका छन् ।
यस्तै वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एञ्जल डिलक्स बसमा २१ जना यात्रुको विवरण प्राप्त भएको छ । हालसम्म प्राप्त विवरण अनुसार बसमा ७ जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया