त्रियुगा नदीले बगायाे बस

त्रियुगा नदीले बगायाे बस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– उदयपुरमा जन्ती पुर्‍याएर फर्किएको बस नदीमा भासिएको छ। चौदण्डीगढी नगरपालिका–५ स्थित त्रियुगा नदीको बाढीसहितको लेदोमा बस भासिएको हो ।

सोमबार राति सिवाईबाट सप्तरीमा जन्ती पुर्‍याएर बेल्टार फर्किने क्रममा को १ ख ४७५३ नं. को बराहक्षेत्र नामक यात्रुबाहक त्रियुगामा नदीमा आएको बाढीमा बगेको हो ।

नदीमा डुबेको बसमा चालक र सहचालक मात्रै थिए । उनीहरू सकुशल रहेका छन् । बस निकाल्ने तयारी भइरहेको चौदण्डीगढी इलाका प्रहरी कार्यालयले जनाएको छ ।