ट्रकमा करेन्ट लाग्दा सहचालकको मृत्यु


ललितपुर – ट्रकमा करेन्ट लाग्दा ट्रकका सहचालकको ज्यान गएको छ । ललितपुरको बाग्मती गाउँपालिका छपेलीमा ट्रकमा करेन्ट लागेर ट्रकका सहचालकको ज्यान गएको हो ।

शनिबार विहान खानी खोला हाईड्रोपावरमा आवश्यक सामग्री पुर्याउन गएको ना १ क ८६९० नम्बरको ट्रकमा करेन्ट लागेर सहचालक अन्दाजी २६ वर्षका विकास कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

शौच गर्न चालकले ट्रकलाई रोकी राखेका बेला सहचालककले त्यहाको क्रेनलाई उठाउँदा त्यसले हाइटेन्सन लाइनमा छुन गई करेन्ट प्रवाह भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement