ट्यांकरबाट तेल चोरी गरी बिक्री गर्ने गिरोह पक्राउ

ट्यांकरबाट तेल चोरी गरी बिक्री गर्ने गिरोह पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– वीरगन्जमा ट्यांकरबाट अनधिकृत रूपमा तेल चोरी गरी बिक्री–वितरण गर्ने ७ जना पक्राउ गरेका छन् ।

वीरगन्ज महानगरपालिका–१४ बाइपास सडक खण्डस्थित आईसीपी जाँचपास भई नेपाल प्रवेश गरेका टयांकरबाट तेल चोरी भएको हो ।

पक्राउ पर्नेमा जिल्ला पर्सा वीरगन्ज महानगरपालिका–३ मालपोत चोक बस्ने पेट्रोल पम्पका साहु सुनैन मियाँ ,लक्ष्मणवा बस्ने वर्ष असलम हवारी, श्रीपुर बस्ने रफिक मियाँ, हेटौडा उप–महानगरपालिका–११ बस्ने सन्देश राना मगर , हेटौडा–१० बस्ने केशर राम सुनार, हेटौडाकै मन्द सिंह लामा र उमेश राना मगर रहेका छन् ।

बिहीबार साँझ वीरगन्ज महानगरपालिका–१४ बाइपास सडकस्थित सौदागर आयल सेन्टरमा ना.७ ख १५३९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्यांकरमा जडान गरिएको सिल फलामको पाइपको हुक प्रयोग गरी उचालेर अनधिकृत रूपमा तेल निकालिरहेको अवस्थामा फेला पारिएको हो ।