ट्रमा सेन्टरले खेलाडीहरुको उपचारमा सहुलियत दिने

ट्रमा सेन्टरले खेलाडीहरुको उपचारमा सहुलियत दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय ट्रमा सेन्टरले खेलाडीहरुको उपचारमा सहुलियत दिने भएको छ । सहुलियत दिने बिषयमा राष्ट्रिय खेलकुद परिषद (राखेप) र ट्रमा सेन्टरबीच शुक्रबार सम्झौता भएको छ ।

ट्रमाले खेलाडीहरुलाई २४ घण्टा ईमरजेन्सी सेवा उपलब्ध गराउने छ । साथै रक्त सञ्चार सेवा, फार्मेशी सेवा, रेडियोलोजी, प्याथोलोजी शल्यक्रिया, अर्थोपेडिक तथा ट्रमा सर्जरीमा पनि सहयोग गर्ने छ ।

यसैगरी न्यूरो सर्जजरी, इएनटी, सघन उपचार कक्ष लगाएतका कुरामा खेलाडीहरुले सहुलियत पाउने सम्झौतामा उल्लेख छ ।

राखेपका तर्फबाट सदस्य सचिव रमेशकुमार सिलवाल र ट्रमा सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. सन्तोष पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।