गाजामा इजरायली सैन्य कारबाहीलाई ट्रम्पले समर्थन गर्ने

गाजामा इजरायली सैन्य कारबाहीलाई ट्रम्पले समर्थन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इजरायलले गाजामा पुनः आफ्नो सैन्य कारबाही सुरु गर्ने निर्णय गरेमा आफूले समर्थन गर्ने बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा यस्तो जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘इजरायलले अब आजको १२ बजेको समयसीमा भित्र सबै बन्धकहरूलाई रिहा गर्न के गर्ने भनेर निर्णय गर्नुपर्नेछ । अमेरिकाले उनीहरू (इजरायल) ले गर्ने कुनै पनि निर्णयमा समर्थन गर्नेछ ।’ ट्रम्पले कुरा गरिरहेको समयसीमामा, उनी कुन समय क्षेत्रको बारेमा कुरा गरिरहेका छन् भन्ने कुरा स्पष्ट छैन ।

यसअघि हमासले इजरायलमाथि युद्धविरामका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै बन्धकहरूको रिहाइमा रोक लगाउने बताएको थियो । त्यसपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र ट्रम्पले युद्धविराम समाप्त गरेर पुनः कारबाही सुरु गर्ने चेतावनी दिए । चेतावनीपछि शनिबार हमासले तीन जना बन्धकहरूलाई रिहा गरेको थियो । बदलामा इजरायलले पनि झण्डै तीन सय प्यालेस्टिनीलाई रिहा गरेको थियो ।