ट्रम्पले तोकेको २५ प्रतिशत भन्सार शुल्क आजदेखि लागू, अमेरिकी सेयर बजारमा भारी गिरावट

ट्रम्पले तोकेको २५ प्रतिशत भन्सार शुल्क आजदेखि लागू, अमेरिकी सेयर बजारमा भारी गिरावट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज (मंगलबार) देखि क्यानडा, मेक्सिको र चीनबाट अमेरिका आउने सामानमा भन्सार शुल्क लगाउने घोषणा लागू हुने बताएका छन्।

ट्रम्पले मंगलबार मध्यरातिदेखि लागू हुनेगरी क्यानडा र मेक्सिकोको सबै उत्पादनमा २५ प्रतिशत भन्सार महसुल लगाउने भएका हुन् ।

यसअघि पनि ट्रम्पले फेब्रुअरी ४ देखि लागू हुनेगरी क्यानडा र मेक्सिकोबाट आउने आयातमा २५ प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरेका थिए। क्यानडाबाट आउने कच्चा तेलमा भने उनले १० प्रतिशत मात्रै भन्सार लगाउने भनेका थिए।

तर त्यो लागू हुने बेलामा अन्तिम क्षणमा ३० दिनका लागि रोकेको थिए।

यसैबीच चीन, क्यानडा र मेक्सिकोले पनि बदलामा अमेरिकी सामानमा कर लगाउने घोषणा गरेका छन्।

चीनले अमेरिकाको यो कदमको विरोध गरेको छ र बढेको शुल्क तत्काल फिर्ता लिन माग गरेको रोयटर्सले जनाएको छ।

चीनको वाणिज्य मन्त्रालयले मंगलबार भनेको छ, ‘अमेरिकाले घातक औषधि फेन्टानिलसँग सम्बन्धित आफ्नो घरेलु समस्यालाई शुल्क लगाउने बहानाका रूपमा प्रयोग गरिरहेको छ।’

यता भन्सार शुल्क लगाउने घोषणा गरेपछि अमेरिक सेयर बजारमा ठूलो गिरावट आएको छ।

डाउ जोन्समा १.४ प्रतिशत, एसएन्डपी ५०० मा १.७५ प्रतिशत र नास्ड्याक २.६ प्रतिशत घटेको हो।