आन्दोलन दवाउन सेना परिचालन गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाईको उनकै रक्षामन्त्री गरे विरोध


एजेन्सी –अमेरिकी रक्षामन्त्री मार्क एस्परले अमेरिकामा भएको आन्दोलनमा सेना परिचालन नगर्ने बताएका छन् । अफ्रिकी मुलुका अमेरिकी जर्ज फ्लोईडको मिनापोलिसका प्रहरीले हत्या गरेको भन्दै अमेरिकामा प्रर्दशनले उग्र रुप लिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सेना परिचालन गर्ने चेतावनी दिएका थिए । उनले राज्य र मुख्य शहरका मेयरहरुले सरकारी र निजी सम्पतीको रक्षा र नागरीको सुरक्षा गर्न असमर्थ रहे कानुनको १८ सय ७ धारा लागु गरी सेना परिचालन गर्ने धम्की दिएका थिए ।

पेन्टागनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रक्षामन्त्री एस्परले जर्ज फ्लोईडको हत्या भयानक अपराध भएको बताए । उनले जर्ज फलोयडको मृत्युपछि भएको आन्दोलनमा सेना परिचालन गर्ने भनाईमा आफु सहमत नभएको धारणा राखे । उनले सेना परिचालन अन्तिम विकल्प भएको भन्दै गम्भिर र जरुरी अवस्थामा मात्र सेना परिचालन हुने तर अहिलेको अवस्था त्यस्तो नभएको भन्दै राष्ट्रपति ट्रम्पको भनाईप्रति असहमती जनाए ।

अमेरिकाको संविधानमा देशभित्र सेना परिचालन गर्ने व्यवस्था छैन् । उनले अमेरिकी संविधानको आफुले सपथ खाएको भन्दै संविधान वाहिर गएर आफुले निर्णय नगर्ने बताए ।

चेयरम्यान अफ जोइन्ट चिफ अफ स्टाफ मार्क मिल्लेसहित उपस्थित भएका रक्षामन्त्री एस्परले अमेरिकामा नश्लवाद समस्या रहेको भन्दै यसलाई पहिचान गर्ने,यस्को सामना गर्ने र समाधानको लागी कोशिस गर्नुपर्ने धारणा व्यक्त गरे ।

अमेरिकाको २० भन्दा बढी शहरमा आन्दोलन र हिंसात्मक घटनाहरु जारी छन् । अमेरिकामा नेशनल गार्ड परिचालन भइसकेको छ । नेशनल गार्ड अमेरिकी सेनाको रिजर्व फोर्सका रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement