ट्रम्प र किम जोंग उनबीच पहिलो चरणको ऐतिहासिक भेटवार्ता सम्पन्न


काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ ।

वार्तास्थलमा पुगेलगत्तै दुवै नेताहरुले हात मिलाएका थिए । यो भेटवार्तामा करिब ५० मिनेट सम्म चलेको थियो । भेटवार्तामा दोभाषेको पनि व्यवस्था गरिएको थियो ।

भेटवार्तापछि ट्रम्पले छलफल निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन् ‘हामी दुईबीच राम्रो सम्वन्ध छ । म र किम मिलेर ठूला समस्याको समाधान निकाल्ने छौं । हामी मिलेर काम गर्ने छौं । हामीले हरतरहले उत्तर कोरियाको ध्यान राख्नेछौं । म यो वार्ताबाट निकै आश्वस्त छु । हामीलाई सफलता मिल्ने छ र हाम्रो सम्बन्ध पनि शानदार रहने छ ।’

वार्तामा बस्नुअघि पत्रकारहरुसँग ट्रम्पले भने, ‘साँच्चै मलाई एकदम राम्रो लागिरहेको छ, हामी एकदम ठूलो कुरामा छलफल गर्न गरेका छौं । यो सफल होस् ।’यसैगरी किमले भने, ‘यहाँ आउन सहज थिएन । पुरानो पूर्वाग्रहमा हामी थियौं तर हामीले ति सबैलाई हटायौं ।’ ट्रम्पले किमसँग मिलाएको हात हल्लाउँदै भने, ‘यो सत्य हो ।’

यस कारण छ विश्वको नजर
जनवरी २०१८ मा नयाँ सुरुआत भयो । उत्तर कोरियाली शान्तिको पहल थाल्यो । मार्च महिनामा दक्षिण कोरियाले आफ्नो सुरक्षा सल्लाहकार र एक अधिकारीलाई उत्तर कोरिया पठायो । त्यसपछि दुवै अधिकारी ट्रम्पसँग वार्ताको प्रस्ताव लिएर अमेरिका गए । ट्रम्प सहमत पनि भए । तर, बीचमा फेरि खटपट सुरु भयो । अवस्था यस्तो भयो कि ट्रम्पले वार्ता नै रद्द गरेको घोषणा गरे ।

तर, उत्तर कोरियाले फेरि वार्ताको पहल थाल्यो र अहिले विश्वकै सुन्दर र सुरक्षित शहर सिंगापुरमा दुवै नेताहरु पहिलो चरणको भेटवार्तामा सकेका छन्। यो भेटवार्ताबाट उत्तर कोरियाले परमाणु कार्यक्रम बन्द गर्ने प्रतिवद्धता जनाउने अपेक्षा गरिएको छ ताकि उत्तर कोरियामा लगाइएका प्रतिवन्ध हटाएर र आर्थिक अवस्थामा सुधार ल्याउन सकियोस् ।

प्रतिक्रिया दिनुहोस
Advertisement