ट्रम्पको भ्रमणमा ३ अर्ब डलरको रक्षा सम्झौतामा हस्ताक्षर हुने


एजेन्सी – भारतको दुई दिने भ्रमणका आज आइपुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग तीन अर्ब अमेरिकी डलर बराबरको रक्षा सम्झौता गर्ने बताएका छन् ।

मोटेरा स्टेडियममा आयोजित नमस्ते ट्रम्प कार्यक्रमलाई सम्बोधन गर्दै ट्रम्पले भने, “भोली हाम्रा प्रतिनिधिहरुले तीन अर्ब डलरको सम्झौतामा हस्ताक्षर गर्ने घोषणा गर्न पाउँदै निकै खुशी लागेको छ । यो सैन्य हेलिकोप्टर र अन्य भारतीय सेनाका लागि उपकरणहरुसँग सम्बन्धित हुनेछ ।”

भारतलाई विश्वकै उत्कृष्ट र भयानक सैन्य उपकरण प्रदान गर्न लागिएको उनले बताए । “हामीले रक्षा सहकार्यलाई अघि बढाउने क्रममा भारतलाई विश्वकै उत्कृष्ट र खतरनाक हतियार प्रदान गर्दैछौं । हामीले अहिलेसम्मकै खतरनाक हतियारहरु बनाएका छौं । हामी अहिले भारतसँग सम्झौता गर्दैछौं,” ट्रम्पको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement