ट्रम्पले गरे अमेरिकाबाट भेनेजुएलाको सेनालाई आग्रह,मदुरोको समर्थन छोड्न अपिल


एजेन्सी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेनालाई सिधै एउटा आग्रह गर्दै राष्ट्रपति निकोलस मदुरोको साथ छाड्न भनेका छन्। मिआमीमा धेरैजसो क्युवा र भेनेजुएलाका आप्रवासीहरु जुटेको सभामा बोल्दै ट्रम्पले मदुरोलाई साथ दिनेहरुमाथि पूरा विश्वको ध्यान रहेकोु बताए। उनले त्यसलाई निरन्तरता दिएर आफ्नो ज्यान र भविष्य जोखिममा नपार्न आग्रह पनि गरे।

ट्रम्पले त्यहाँका सेनालाई लक्षित गर्दै भनेका छन्, मदुरोलाई गरिरहेको समर्थन नछाडेमा उनीहरुले अन्तिममा कुनै सुरक्षित बाटो पाउने छैनन्। अर्को कुनै बाटो नै छैन। ट्रम्पले आफ्नो सबथोक गुमाउने जोखिम नउठाउनु भेनेजुएलाको सेनालाई चेतावनी पनि दिए। ट्रम्पको उक्त भनाइ आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका विपक्षी नेता ग्वाइदोप्रति सरकारी अधिकारीको विश्वाश र साथ बढाउने एउटा नयाँ कदम मानिएको छ। ग्वाइदोलाई अमेरिका लगायत दर्जनौं देशले अन्तरिम राष्ट्रपतिका रुपमा स्वीकार गरेका छन्।

उनले सम्बोधन गरेको क्षेत्र भेनेजुएलाबाट पुगेका दशौं हजार आप्रवासीहरुको क्षेत्र हो। तीमध्ये धेरैजसो मदुरो र उनका पूर्ववर्तीको चपेटामा परेको बताउँछन् र ग्वाइदोप्रति उच्च समर्थन एवम् सद्भाव राख्छन्। फ्लोरिडामा समर्थकहरुलाई सम्बोधन गर्दै ट्रम्पले भनेका छन्, अमेरिकाले भनेजुएलामा अर्को चुनावसम्मको संक्रमण शान्तिपूर्ण होस् भन्ने चाहेको छ।

ट्रम्पले त्यहाँ भेनेजुएलाको सरकारलाई ुअसफल तानाशाहीुको संज्ञा दिँदै आलोचना गरेका थिए। उनले मदुरोलाई ुक्युबाको कठपुतलीु भन्दै उनको ुसत्तामा रहेका सीमित व्यक्तिहरुले राज्यको सम्पत्ति चोरेर अन्यत्र लुकाएकोु आरोप लगाए। ट्रम्पको यस्तो भनाईले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि थप दबाब बढ्ने ठानिएको छ।

तर मदुरो बढ्दो अन्तर्राष्ट्रिय दबाबका बीच पनि सत्ता छाड्ने वा नयाँ निर्वाचन गराउने दुवै विकल्प रोज्न तयार देखिंदैनन्। सेनालाई चेतावनी विपक्षी नेता ग्वाइदोले समेत एक महिनायता सेनालाई नयाँ चुनाव र संक्रमणकालीन सरकारलाई साथ दिन आग्रह गरिरहेका छन्।

कोलम्बियाको सीमा शहर कुकुटा पुगेको अमेरिका तथा अन्य देशहरुले पठाएका मानवीय सहायता शनिवारसम्म देश भित्र्याएर बाँड्न लाखौं स्वयम्‌सेवक परिचालन गर्ने बताइएको छ। तर त्यसको समन्वय गरिरहेका इन्टरनेट सामग्रीहरु त्यहाँको सेवा प्रदायकले बन्द गरिदिएको छ। राष्ट्रपति मदुरोले त्यस्तो सहायता अमेरिकी अतिक्रमण ढाक्न भएकोु भन्दै त्यसलाई देशभित्र छिर्न नदिने बताउँदै आएका बेला ट्रम्पको पछिल्लो अभिव्यक्ति आएको हो। बीबीसी नेपाली

प्रतिक्रिया दिनुहोस
Advertisement