काठमाण्डु – मुलुकको जेठो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सवका अवसरमा विभिन्न प्राध्यापक तथा कर्मचारीलाई बुधबार दीर्घसेवा पदक वितरण गरिएको छ ।
कीर्तिपुरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उपकुलपति प्रा.डा. भेला थापाले पदक वितरण गरेका हुन् ।
विश्वविद्यालयमा २५ वर्षदेखि निरन्तर सेवा गर्ने शिक्षक कर्मचारीलाई सेवा अवधिमा एकपटक यस्तो पदक दिने गरिन्छ । कार्यक्रममा शिक्षकतर्फ १४२ र कर्मचारीतर्फ ४१ जनालाई पदक प्रदान गरिएको छ ।
सो अवसरमा त्रिवि सेवा आयोगका अध्यक्ष किशोर थापा, सिटेनका सदस्यहरूको उपस्थिति थियो ।
उपकुलपति डा. थापाले उत्कृष्ट शिक्षा, अनुसन्धान र नवप्रवर्तनमार्फत आफ्ना सम्भावनाहरू उजागर जानुपर्ने बताउँदै विज्ञ प्राध्यापक, कर्मचारी र अनुसन्धानकर्मी लगायत सबैको रचनात्मक सहयोगमा उपलब्ध समग्र सुधारका लागि आह्वान गरेका छन् ।




प्रतिक्रिया