काठमाण्डु–कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लसडलाइट जडानका लागि आह्वान गरिएको बोलपत्र स्वीकृत भएको छ।
अन्तर्राष्ट्रियस्तरको प्यारापिट निर्माणको ठेक्का बीकेओई–केसीडीसी–बीजी जेभीले पाएको हो। जेभीले ४३ करोड ७७ लाख ३० हजार १३ रुपैयाँ ३ पैसामा प्यारापिट बनाउने कबोल गरेको हो ।
यस्तै फ्लडलाइट जडानका लागि ललितपुरको विशन–इश्वरी जोइन्ट भेन्चरले ठेक्का पाएको छ। कम्पनीले ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँमा ठेक्का पाएको हो।
यसअघि कार्यालयले यी कार्य गर्न गत पुस ५ मा बोलपत्र आह्वान गरेको थियो। यसअनुसार रीतपूर्वक दर्ता भएका बोलपत्रहरुमध्ये यी कम्पनीले न्यूनतम मूल्यांकित सारभूत रुपमा प्रभावग्राही बोलपत्र पेस गरिएकाले सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ अनुसार स्वीकृत भएको हो।
प्रतिक्रिया